२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आजको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये बैंकिङ ४.७२, व्यापार २५.६४, होटल तथा पर्यटन ५१.५२, जलविद्युत् ७१.९८, वित्त ३२.४२, अन्य १०५.२८ र लघुवित्त ८.६८ अङ्कले बढेको छ । विकास बैंक ७५.७९, निर्जीवन बीमा ६.२३, उत्पादन १००.६, जीवन बीमा ८४.७१, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५२ अङ्कले घटेका छन् । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख ६० हजार १५१ बराबर पुगेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्स ३३ करोड ६६ लाख ४० हजार ७४५, नेशनल हाइड्रोपावर २६ करोड ३१ लाख १२ हजार २१९ र गरिमा विकास बैंक रु २२ करोड १९ लाख ४० हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार पञ्चकन्या माई हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी ९।९९ र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । त्यस्तै, बोटलर्स नेपाल तराई ७.४७, महालक्ष्मी विकास बैंक ७.४१, गुराँस लाइफ इन्स्योरेन्स ४.१३, गुह्वेश्वरी मर्चेन्ट बैंकले ३.८८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ३.०९ प्रतिशतले गुमाए ।