६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण काबेलीको बोनस शेयर नेप्सेमा सूचीकृत



अ+ अ-

काठमाडौंः अरुण काबेली हाइड्रोपावर कम्पनीले हालै वितरण गरेको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बोनस शेयर वितरण गरेको थियो । नेप्सेले २६ लाख ९५ हजार ६०५ कित्ता शेयर सूचीकरण गरेको छ । यसको कारोबार बिहीबारदेखि हुनेछ ।

अरुण काबेलीले शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।