• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

पार्टीको नेतृत्व सहमतिमै निर्माण हुन्छः महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतीमा निर्माण हुने बताउनु भएको छ । 

महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दावी समेत गर्नु भयो । बुधबार काठमाडौंमा आयोजित ‘पार्टीको १० आंै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा बोल्दै उहाँले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँडने बताउनु भयो । 

उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानलको लिष्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरु नरहेको तर्क गर्नु भयो । उहाँले एमालेले आफूले उठान गर्दै आएको समृद्धि र विकासको मुद्धालाई निर्णायक ठाउँमा पु¥याउने गरी महाधिवेशनलाई भव्यताका साथ सफल बनाउने दावी समेत गर्नु भयो । 

महासचिव पोखरेलले भन्नु भयो, ‘हाम्रो नेतृत्व भनेको सहमतीका साथ निर्माण हुन्छ । एउटा कुरा बुझ्नुस कमरेडहरु, महाधिवेशनमा हाम्रो प्यानल बन्ने छैन । प्यानल लिष्ट बाँडिने छैन । यो चिज ग्यारेन्टी हो । हामी प्यानल बनाउँदैनौं । प्यानलको लिष्ट बाँडदैनौं । व्यक्तिगत हिसावले को साथीलाई मत दिनुहुन्छ दिनुहुन्छ । हामी पार्टीलाई त्यसरी एकतावद्ध बनाएर लैजान चाहन्छौं । र यस्तो एमाले, जसले दलाल पूँजीको विरोध गर्दै समाजवादको आधार निर्माण गर्ने र आर्थिक समृद्धि र विकासको जुन मुद्धा हो, त्यो मुद्धालाई निर्णायक ठाउँमा पु¥याउने काम गर्नेछ ।’

महासचिव पोखरेलले चितवनमा हुने सो महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दावी समेत गर्नु भयो । उहाँले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गर्नु भयो ।