१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच आज भेटवार्ता हुदैछ । आफ्नो दुई दिने भ्रमणको पूर्वसन्ध्यामा  अमेरिकी सहायक विदेशमन्त्री  लु बुधबार राती काठमाडौँ आईपुग्नु भएको हो  । लु ले शुक्रबार परराष्ट्रन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउदै

नेपाल भ्रमणका क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्नुहुने नेपाल स्थित अमेरिकी दुताबासले जनाएको छ । यसैगरी  नेपाली अधिकारी र नागरिक समाजका उदीयमान अगुवाहरूसँग भेटघाट गर्नुहुने दूताबासले जनाएको  छ । 

अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि उहाँहरूको भ्रमण हुन लागेको हो। कोभिड १९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूका बारे उहाँहरूले छलफल गर्नुहुनेछ। लु लाई अमेरिकी राजदूत र्‍यान्डी  बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बिमानस्थलमा स्वागत गर्नुभएको थियो ।