१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच आज भेटवार्ता हुदैछ । आफ्नो दुई दिने भ्रमणको पूर्वसन्ध्यामा  अमेरिकी सहायक विदेशमन्त्री  लु बुधबार राती काठमाडौँ आईपुग्नु भएको हो  । लु ले शुक्रबार परराष्ट्रन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउदै

नेपाल भ्रमणका क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्नुहुने नेपाल स्थित अमेरिकी दुताबासले जनाएको छ । यसैगरी  नेपाली अधिकारी र नागरिक समाजका उदीयमान अगुवाहरूसँग भेटघाट गर्नुहुने दूताबासले जनाएको  छ । 

अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि उहाँहरूको भ्रमण हुन लागेको हो। कोभिड १९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूका बारे उहाँहरूले छलफल गर्नुहुनेछ। लु लाई अमेरिकी राजदूत र्‍यान्डी  बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बिमानस्थलमा स्वागत गर्नुभएको थियो ।