१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फुलकोर्ट बस्दै, मध्यमार्गी बाटोको खोजी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा आज सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बस्दैछ । प्रधानन्यायाधीशको राजीनामा माग्दै ईजलास बहिष्कार गरेका १९ न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत नियमावली शंसोधन गर्दै  गोलाप्रथाबाट पेशी तोक्ने निर्णय हुने स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार १९ न्यायाधीशले गरेको निर्णय प्रमाणीकरणका लागि पठाउने र प्रधानन्यायाधीशले सही गर्ने एक खालको अनौपचारिक सहमति बनेको छ । आज निर्णय गरेर पठाएपछि आजै राजपत्रमा प्रकाशित गर्ने र भोलि शुक्रबार वा आइतबारदेखि ईजलासमा फर्कने तयारी न्यायाधीशहरुको रहेको छ ।  

लामो समयदेखि मुद्दाको सुनुवाई नहुँदा नागरिक स्तरबाट आलोचना सुरु भएपछि बैकल्पिक बाटो खोजिएको हो ।  यस विषयमा प्रधानन्यायाधीश राणासँग न्यायाधीशहरु सपना मल्ल, अनिल कुमार सिन्हा र मनोज कुमार शर्माले मध्यस्थता गर्नु भएको थियो ।  

सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको पनि बताएका छन् । नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग बुधबार भएको छलफलमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु चिन्तित भएको बताएका थिए ।