६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको फुलकोर्ट बस्दै, मध्यमार्गी बाटोको खोजी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थितिमा आज सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बस्दैछ । प्रधानन्यायाधीशको राजीनामा माग्दै ईजलास बहिष्कार गरेका १९ न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत नियमावली शंसोधन गर्दै  गोलाप्रथाबाट पेशी तोक्ने निर्णय हुने स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार १९ न्यायाधीशले गरेको निर्णय प्रमाणीकरणका लागि पठाउने र प्रधानन्यायाधीशले सही गर्ने एक खालको अनौपचारिक सहमति बनेको छ । आज निर्णय गरेर पठाएपछि आजै राजपत्रमा प्रकाशित गर्ने र भोलि शुक्रबार वा आइतबारदेखि ईजलासमा फर्कने तयारी न्यायाधीशहरुको रहेको छ ।  

लामो समयदेखि मुद्दाको सुनुवाई नहुँदा नागरिक स्तरबाट आलोचना सुरु भएपछि बैकल्पिक बाटो खोजिएको हो ।  यस विषयमा प्रधानन्यायाधीश राणासँग न्यायाधीशहरु सपना मल्ल, अनिल कुमार सिन्हा र मनोज कुमार शर्माले मध्यस्थता गर्नु भएको थियो ।  

सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको पनि बताएका छन् । नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग बुधबार भएको छलफलमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु चिन्तित भएको बताएका थिए ।