१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधिको ओभरडोजबाट अमेरिकामा एकै वर्ष एक लाखको ज्यान गयो



अ+ अ-

वासिङटनः संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस महामारीकै अवधिमा एक लाख भन्दा बढी व्यक्तिको बढी औषधि सेवन (ओभरडोज) का कारण ज्यान गएको छ । अधिकारीहरुका अनुसार, फेन्टानाइल नामको औषधि र नक्कली अनलाइन चक्की (पिल्स) खाएर मानिसको मृत्यु भएको हो ।

विज्ञहरुको भनाईमा अमेरिकामा प्रतिबन्धित फेन्टानाइल समूहका औषधिको सेवन बढेको छ भने मेक्सिकोबाट निकै घातक नक्कली औषधि अमेरिकामा भित्रिएको छ । यी औषधि अनलाइनबाट बिक्री बढेको र त्यसले मानिसको जीवनलाई नै जोखिममा पारिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जारी गर्नु भएको एक वक्तव्यमा कोभिड–१९ महामारीमा संघर्ष गरिरहेकै अवस्थामा ओभरडोज विरुद्धको संघर्ष पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।

संयुक्तराज्य अमेरिकामा अप्रिल २०२० देखि अप्रिल २०२१ को एक वर्षको अवधिमा एक लाख ३०६ जनाको बढी औषधि सेवन (ओभरडोज) का कारण मृत्यु भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २८.५ प्रतिशतले बढी हो अर्थात् हरेक पाँच मिनेटमा एक व्यक्तिको ओभरडोजका कारण ज्यान जाने गरेको छ ।

समग्रमा, मृत्यु भएका कूल संख्या एक लाख ३०६ जना मध्ये लागूऔषध (ओपिओड्स)को सेवनबाट ७५ हजार ६७३ जनाको मृत्यु भएको छ र यसमध्ये पनि अधिकांशको सिन्थेटिक ओपिओड्सबाट भएको छ । यस समूहमा त्यही फेन्टानाइल पर्दछ । प्रायः यी लागूपदार्थ शरीरमा दुखाई कम गर्न प्रयोग गरिन्छ ।

अमेरिकी स्वास्थ्य मन्त्री जाभियर बेसिराले यो संकट निकै संवेदनशील क्षणमा पुगिसकेकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कोभिड–१९ को समयमा बढी समय काम गर्नुपर्ने तथा घरमै बिनाकाम समय कटाउने दुबै किसिमका व्यक्तिले दुखाई कम गर्न र मन भुलाउन यस्ता लागूपदार्थको सेवन गर्ने गरेको पनि मन्त्री जाभियरको भनाई छ । परिवारका सदस्यहरु गुमाएका छोरा छोरीले सार्वजनिक रुपमै यस्ता घातक औषधि सेवन गरेको बताएका पनि मन्त्री जाभियरले बताउनुभयो ।

अमेरिकामा कोभिड–१९ बाट पाँच लाख व्यक्तिको ज्यान गएको छ ।

अमेरिकी औषधि नियामक निकायले वास्तविक औषधि झैं लाग्ने तर लागूपदार्थ मिसाइएका औषधिहरु अनलाइनबाट बिक्री भइरहेको भन्दै त्यसतर्फ सचेत रहन नागरिकहरुलाई आग्रह गरेको छ ।

यसै वर्ष मात्र एक करोड ४० लाख चक्की नक्कली औषधि बरामद गरिएको छ । यी औषधि चीनबाट आपूर्ति गरिएका रसायनको मद्दतबाट मेक्सिकोमा उत्पादन गरिएका छन् ।
यी नक्कली चक्कीहरु सामाजिक सञ्जाल र ई–कमर्स साइटमा छ्यापछ्याप्ती उपलब्ध रहेका छन् ।

सन् २०१९ मा अमेरिकामा मुटुसम्बन्धी रोगबाट सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । प्राप्त विवरण अनुसार, मुटु रोगबाट ६ लाख ६० हजार, क्यान्सरबाट ६ लाख तथा चोटपटकबाट १ लाख ७५ हजारको मृत्यु भएको थियो । एपी