१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

स्वास्थ्यमन्त्री खतिवडा र विदेशमन्त्री डोनाल्ड लूद्वारा फाइजर खोप अवलोकन (भिडियो सहित)

स्वास्थ्यमन्त्री खतिवडा र विदेशमन्त्री डोनाल्ड लूद्वारा फाइजर खोप अवलोकन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्नुभएको छ । 

बिहीवार स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाबिरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गर्नुभएको हो । खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाबिरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताउनुभयो । उहाँले फाइजरको खोप ल्याउन भूक्तानिका लगि सरकारबाट निर्णय भइसकेको पनि बताउनुभयो । मन्त्री खतिवडाले अबको एक महिना भित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताउनुभयो । उहाँले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताउनुभयो । मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

स्वास्थ्यमन्त्री खतिवडाले भन्नुभयो, ‘अमेरिकी सहायक विदेशमन्त्रीसँगै बसेर गर्न पाएकोमा खुशी छौँ, आउँदो दिनमा पनि कोभिड बिरुद्धको लडाइँ, अमेरिका र नेपाल एकसाथ रहेर अघि बढ्नेछौँ र मित्रता र सहयोग निरन्तरता भइरहनेछ, अब हामीले थप फाइजर खोप ६० लाख सम्झौता गरिसक्यौँ, भूक्तानि गर्न क्याबिनेटबाट निर्णय गरिसकेका छौँ, उहाँहरुको भनाइअनुसार हामी एक महिना भित्रमा पहिलो लट आउँछ र त्यसपछि क्रमशः हुन्छ, एक लाख पनि हामीले सातै प्रदेशमा पठाएका छौँ, १० र १५ लाखले आउँछ त्यो, प्रदेश, प्रदेशबाट जिल्लामा जान्छ, जिल्लाबाट वडा, एक महिनापछि नेपालको हरेक भागमा खोप शुरुवात गरिसकेका हुन्छौँ, खोपको कतै अभाव छैन, २४ सै घण्टा, टिचिङ, सेना, पुलिसका गरी ५ अस्पताल २४ सै घण्टा खुला गरेका छौँ, अब कहाँ, कति बेला, कति गते खोप लगाउने भनेर कुर्नुपर्ने अवस्था छैन, कर्मचारीले जोखिम भत्ता पाउनेछन्, हामीले भनेको कुरा पूरा गर्छौं, प्राविधिक केशी कारणवश हुन सकेको छैन ।’

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताउनुभयो । उहाँले फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाबिरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरु नै बास्तविक हिरो भएको बताउनुभयो । सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गर्नुभयो ।

सहायक मन्त्री लूले भन्नुभयो, ‘अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन नेपालीहरुलाई सहयोग गर्न पाएकोमा हामीलाई खुशी लागेको छ, फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्छ, डाक्टर, नर्स र हेल्थ वर्कर्सहरुले नै हाम्रो जीवन सुरक्षित राख्ने हो, उहाँहरु रियल हिरो हो, बालबालिकाहरुका लागि यो खोप एकदमै सुरक्षित छ, ढुक्क भएर लगाउन अनुरोध गर्दछु ।’ 

मन्त्री लूले नेपाललाई आगामि दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाबिरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौँ आएको थियो । सो खोपको पहिलो मात्रा दीर्घरागी १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट लगाउन शुरु गरिएको छ ।

तस्वीरहरु: