२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई अनुदानमा आलुको बीउ



अ+ अ-

तनहुँ । व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नगरपालिकाले जनकदेव र एमएस उन्नत जातका करिब ३३ टन आलुको बीउ वितरण गर्न लागेको हो । 

तीमध्ये यहाँका किसानले गतवर्ष उत्पादन गरी चितवनको कोल्डस्टोरमा भण्डारण गरी राखिएको करिब १७ टन आलुको बीउ तनहुँ ल्याएर वितरण गर्न लागिएको व्यासनगरपालिका कृषि शाखाका कृषिप्रसार अधिकृत कुशल नहर्कीले जानकारी दिनुभयो । “चितवनको कोल्डस्टोरबाट आलुको बीउ ल्याएर किसानलाई वितरण गर्ने योजना बनाएको हौं”, उहाँले भन्नुभयो, “अपुग करिब १६ टन आलुको बीउ त्रिवेणीबाट खरिद गरेर वितरण गर्ने योजना छ ।”  

नगरपालिकाले चितवनको कोल्डस्टोरमा लैजानका लागि प्रतिबोरा रु ३५० गरी ६२९ बोराका लागि कूल रु दुई लाख २० हजार एक सय ५० ढुवानी खर्च गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई जनकदेव रातो र एमएस निलो उन्नत जातका आलुको बीउ वितरण गरिनेछ ।”

व्यासनगरपालिका मातहत रहेका चौध वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई आलुको बीउ वितरण गरिने उहाँले बताउनुभयो । गतवर्ष प्रथम श्रेणीको वितरण गरिएकोमा आउँदो वर्ष स्थानीय जातको आलुको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको सो शाखाले जनाएको छ । (रासस)