२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुवाँलोले पारदर्शितामा कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको छ । सो प्रणालीको प्रभावले वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुलेटिनमार्फत देशका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले पारदर्शितामा समेत कमी आउनसक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी महाशाखाले बुलेटिनमार्फत मुलुकका केही भूभाग आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावाना रहेको आगामी तीन दिनसम्मको मौसमी विवरण प्रक्षेपण गरेको छ । रासस