१४ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले खरिद प्रक्रिया टुंग्याउन सकेन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको हो । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिदैछ ।

१९ जना निर्वाचित  र १जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने  छ । सत्ता गठबन्धनले राष्ट्रियसभाको रिक्तहुने स्थानमा लागि सहमतिमा नै उम्मेदवारी दिने भन्दै दलीय आधारमा संख्या निर्धारण गरेका गरिसकेका छन् । 

पदावधि सकिने सांसदहरु 

चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतिहरु ,तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ ,अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी,  दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर रहेका छन् । जस अनुसार नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य रहेका छन् ।यसै गरी राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य रामनारायण बिडारीको चारवर्षे कार्यकाल समाप्त हुँदैछ ।