१५ आश्विन २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको हो । फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिदैछ ।

१९ जना निर्वाचित  र १जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने  छ । सत्ता गठबन्धनले राष्ट्रियसभाको रिक्तहुने स्थानमा लागि सहमतिमा नै उम्मेदवारी दिने भन्दै दलीय आधारमा संख्या निर्धारण गरेका गरिसकेका छन् । 

पदावधि सकिने सांसदहरु 

चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतिहरु ,तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ ,अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी,  दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर रहेका छन् । जस अनुसार नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य रहेका छन् ।यसै गरी राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य रामनारायण बिडारीको चारवर्षे कार्यकाल समाप्त हुँदैछ ।