१४ असार २०८३, आईतवार
,
Latest
काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा उम्मेदवार तयार गर्न पौडेल समूहलाई सकस



अ+ अ-

काठमाडौँ — चार वर्ष अघिदेखि नै शेरबहादुर देउवाले कांग्रेस चलाउन नसकेको निष्कर्षका साथ नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई महाधिवेशनको मुखमा साझा उम्मेदवार तयार गर्नै सकस परेको छ । नेतृत्व दोहोर्‍याउन देउवा रणनीतिका साथ अघि बढिरहेका बेला पौडेल समूहभित्रका नेताहरू भने आ–आफ्ना लागि दौडधुपमा छन् ।

संस्थापनइतर पक्षका मुख्य आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालामध्येबाट एक जना साझा उम्मेदवार बन्नुपर्ने दबाब तीव्र छ । तर एकले अर्कोलाई स्विकार्ने परिस्थिति हुन सकेको छैन । समझदारी जुटाउन पौडेलले बिहीबार चाक्सीबारी गएरै गणेशमान पुत्र प्रकाशमान सिंहसँग करिब एक घण्टा छलफल गरेका थिए ।

मन्त्री छनोटको विषयलाई लिएर पौडेल र सिंहबीच बोलचालसमेत भएको थिएन । सिंहले सांसद राजन केसीलाई मन्त्रीका लागि अघि सारेका थिए । पौडेल र महामन्त्री शशांक कोइरालाले दिलेन्द्र बडू र मीनेन्द्र रिजाललाई मन्त्री बनाएपछि सिंह पौडेलसँग रुष्ट बनेका हुन् । त्यसपछि टुटेको संवादहीनता बिहीबार निवासमै पुगेर ‘ब्रेक’ गरे पनि पौडेल साझा उम्मेदवार बनाउने प्रयासमा सफल हुन सकेनन् ।

गत शनिबार सिंह अनुपस्थित रहेको संस्थापनइतर पक्षको बैठकमा पौडेलले कोइरालाद्वय र सिंहबीच सहमति बने आफू उम्मेदवार नहुने बताएका थिए । समझदारी नबने तीनै जनाले आफूलाई स्विकार्नुपर्ने पौडेलको प्रस्ताव थियो । ‘तीन जनाबीच सहमति हुन सकेन भने एक वर्षका लागि मलाई सहयोग गर्नुहोस् । सभापति बनेपछि तीनै तहका निर्वाचन सम्पन्न गराएर एक वर्षमै नेतृत्व तपार्इंहरूलाई सुम्पिन्छु । म प्रधानमन्त्री पनि बन्दिनँ,’ पौडेलको प्रस्ताव थियो, ‘साझा उम्मेदवारी दिन सकेनौं भने हामीले लिएको अभियान पूरा हुन सक्दैन ।’ त्यही कुरा पौडेलले बिहीबार चाक्सीबारीमा सिंहलाई सुनाएका थिए । तर, सिंहले त्यसलाई स्वीकार गर्न नसकिने भन्दै आफू उम्मेदवारीबाट पछि नहट्ने जनाउ दिए ।

‘जिल्ला–जिल्लाबाट आम साथीहरूले शेरबहादुरजीले पार्टी चलाउन सक्नु भएन, सँगै रामचन्द्र पौडेलबाट पनि पार्टी चल्न सक्दैन भनेका छन् । मैले तपाईंलाई होच्याउन र चित्त दुखाउनका लागि यो भनिरहेको छैन । तपाईंसँग प्राइभेट कुराकानी र समूहको बैठकमा पनि प्रस्टताका साथ भनेको हुँ, यही भावनालाई लिएर तपाईं निर्णय लिनुहोस् । तपाईं सिनियर नेता पनि हो, अग्रज पनि हो । तपाईंले बोक्दै आएको भारी अब मलाई बोकाउनुहोस् । तपाईंलाई सम्मानसाथ कहाँ कसरी राख्नुपर्छ म तयार छु,’ आफ्नै निवासमा भेट्न आएका पौडेलसँग सिंहले भनेका थिए, ‘१३ औं महाधिवेशनमा तपाईं कार्यवाहक सभापति हुनुहुन्थ्यो । तपाईंलाई जिताउन जीउज्यान लगाएर सहयोग गरेकै हो । विभिन्न कारणले सफल हुन सकिएन । अहिले त्योभन्दा प्र्रतिकूल परिस्थिति छ । तपाईंले सक्नु हुन्न । मलाई सहयोग गर्नुहोस् ।’