१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको छ । 
बिहीबार आइएमईले आयोजना गरेको ‘आइएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उहाँले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ । 

आइएमईले व्यवसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताउँदै उहाँले अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।

‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,’ उहाँले भन्नुभयो ।
लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उहाँले सबैलाई आग्रहसमेत गर्नुभयो । 

कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमई जहिले पनि आम सर्वसाधारणको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताउनुभएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा होस् वा अन्य समयमा पनि आम सर्वसाधारणहरुका समस्या समाधान गर्ने प्रयास आइएमईले हरेक वर्ष गर्दै आएको उहाँले बताउनुभयो ।