१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

सकिमना पुन्ही मनाउँदै नेवार समुदाय
अ अ+ अ-

भादगाउँ।आज कार्तिक शुक्ल पूर्णिमा । नेपाल संवत्को पहिलो पूर्णिमा । ऋतुअनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउन सिपालु नेवार समुदाय आज घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् ।

सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरूले विशेष पर्वका रूपमा मनाउँछन् । आजको दिन गत कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनका रूपमा पिँडालु उसिनेर खाने र नसाः ९मकै, भटमास, गहुँ र ताय०बाट भगवान्का आकृति बनाउने तथा त्यसैलाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन  छ ।

यस दिन नेवार समुदायमा आ–आफ्नो टोलटोलमा रहेका दाफा भजन खलःले नसाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवान्को आकृति बनाइन्छ । आकृति बनाउँदा गहुँ बिछ्याएर ताय ९धानको लावा० र कालो भटमासले भगवान्को स्वरुप बनाउँछ । त्यसलाई चारैतिर भुटेको मकैले घेरा बनाउँछ । त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङ्गारपटार गरी दक्षिणा चढाई दियो बालेर भजनकीर्तन गाउने गर्छन् ।

कोजाग्रत पूर्णिमाका दिनदेखि दैनिकरूपमा हुने भजनकीर्तन समापन हुने भएकाले नेवार समुदायमा प्रत्येक घरमा एक–एक जना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पूजा चढाउँछन् । पूजामा माल्पुवा, पुरी, नसाः, गाईको दूधले बनेको खीर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खरखण्ड आफ्ना टोलमा भएका देवी–देवता, महादेव र नारायण देवतालाई प्रसादका रूपमा चढाउँछन् । यसरी पूजा चढाउँदा प्रसादका रूपमा मन्दिरबाट नसाः लिएर आउने गर्छन् । साँझ चन्द्रमा उदाएपछि चन्द्रमा र तुलसीलाई गाईको दूध अघ्र्य दिई विधिवतरूपमा पूजा गरी प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ । मन्दिरबाट ल्याइएको प्रसादस्वरुप नसाः राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, माल्पुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा छ ।

ऋतुअनुसारको भोजन भगवान्लाई चढाएर मात्र खाने पर्वका रूपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । पुन्हीको दिन विषेशगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवत्को बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरिको १२ महिनाको प्रत्येक पुन्हीमा भगवान्लाई फरक–फरक भोजन प्रसादका रूपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृतिअनुसार कार्तिक शुक्ल पुन्हीको दिन कन्दमुल, खीर र नसाःलाई प्रसादको रूपमा भगवान्लाई चढाइने संस्कृतिकर्मीहरू बताउँछन् ।

नेवार समुदायले ऋतुअनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजको दिन पिँडालु, सख्खरखण्ड, नसाःलगायतका भोजन प्रसादका रूपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । यसले शरीरमा ताकत दिनाका साथै शरीर स्वस्थ हुने जनविश्वास रहेको उहाँको कथन छ ।

अन्नपातबाट बनाइएको भगवान्को आकृतिबाटै मठमन्दिर तथा भगवान्को मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । पुरोहित राजोपाध्यायका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कन्दमुललाई सबैभन्दा पहिलो भोजनका रूपमा ग्रहण गरेका थिए । त्यसपछि अन्नपात उब्जनी गर्न थालियो । त्यतिबेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवान्को मठमन्दिरको विकास भएको थिएन । उहाँले भन्नुभयो, “पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवान्को आकृति कोरेपछि विस्तारै यसको विकसित रूप विभिन्न मठमन्दिरको निर्माण हुन थाल्योे, त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाःमा भगवान्को आकृति बनाएर त्यसलाई पूजा गरी कन्दमुललाई प्रसादका रूपमा चढाएर खाने प्रचलन थालिएको हो ।”

नेवार समुदायमा नसाःलाई सकिमना पुन्हीको दिनमा मात्र नभई गणेश चतुर्थीका दिनमा पनि प्रसादका रूपमा चढाई विधिवतरूपमा पूजा गर्ने परम्परा छ । साथै गुफा राख्दा गुफा बसेका बालिकालाई सूर्यसँग विवाह गर्ने क्रममा पनि प्रसादस्वरुप नसाः खुवाउन जाने परम्परा छ । त्यसैगरी नेवार समुदायको जन्मदिनको अवसरमा पनि भुटेको मकै, गहुँ, भटमासलगायतको समिश्रण नसाः दान गर्ने प्रचलन छ ।

महादेव मन्दिरमा मेला

सकिमाना पुन्ही (पिँडालु उसिने पूर्णिमा)को अवसरमा आज भक्तपुरका महादेव मन्दिरमा ठूलो मेला लागेको छ । आज भक्तपुरको यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेव, पशुपति महादेवलगायत मन्दिरमा विशेष मेला लागेको छ । सकिमाना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाउने  धार्मिक विश्वास छ ।

सकिमाना पुन्हीका अवसरमा नेवार समुदायका गुठी र दाफाभजन खलःले आ–आफ्नो टोलमा रहेका मन्दिरको अगाडि भुटेका मकै, मटमास र गहुँले देवीदेवताको प्रतिमा बनाई मालपुवा र पुरीले सजाएर भजनकीर्तन गर्ने परम्परा छ । रासस