१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलेवा विमानस्थलमा कालोपत्र : होला त नियमित उडान ?



अ+ अ-

बलेवा । धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । 

बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरुसँग पनि कुराकानी भइरहेको छ”, उहाँले भन्नुभयो, “हामी बनेको पूर्वाधारको यथेष्ट उपयोग गर्छौं, त्यसका लागि पहल भइरहेको छ ।”

नेकपा एमालेका नेता लीलबहादुर थापाले बलेवा विमानस्थल पुनर्निर्माणको काम तत्काल  सम्पन्न गरी उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर बागलुङका पूर्वजिल्ला सभापतिसमेत रहनुभएका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुनर्निर्माण काम तत्काल सम्पन्न गरी नियमित उडानको तयारी थाल्न ध्यानाकर्षण गराउनुभएको हो ।

नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुनर्निमार्णपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गर्नुभएको थियो ।

छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्माणाधीन कालीगण्डकी करिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोर्टसका रुपमा अघि बढाउन सके  धौलागिरि क्षेत्रकै मुहार फेरिने धारणा राख्नुभएका थिए । 

विसं २०७७ फागुन मसान्तसम्म एक वर्षमा सक्नेगरी काम सुरु भएको विमानस्थल कालोपत्रको काम कोरोना महामारीका कारण प्रभावित हुँदा दुई वर्षमा सकिँदै छ । आउँदो चैतसम्म विमानस्थल कालोपत्रको काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार आवश्यक पूर्वाधारको काम सकिएकाले कालोपत्रको काम मात्रै २० दिनमा सकिन्छ । तापक्रमले साथ दिएमा पुस मसान्तभित्रै विमानस्थल कालोपत्र हुने निर्माण कम्पनी काष्टमण्डप एन्ड उमा जेभीले जनाएको छ । रासस