१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एबी डी भिलियर्सले लिए सबै फर्म्याटको क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सले क्रिकेटका सबै फर्म्याटबाट सन्यासको घोषणा गरेका छन् ।

‘मिस्टर ३६०’ले परिचित डी भिलियर्सले १७ वर्षे करियरको अन्त्य गर्दै शुक्रबार सन्यासको घोषणा गरेका हुन् । 

दक्षिण अफ्रिकी ३७ वर्षीय डी भिलियर्सले टेस्ट क्रिकेटमा एक सय १४ खेल खेल्दै २२ शतक र ४६ अर्धशतकसहित ८ हजार ७ सय ६५ रन बनाएका छन् । 

यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय २८ खेल खेल्दा २५ शतक र ५३ अर्धशतकसहित ९ हजार ५ सय ७७ रन बनाएका छन् भने टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ खेल खेल्दै १० पटक अर्धशतक बनाएका छन् ।

‘यो मेरालागि अविश्वसनीय यात्रा रह्यो, तर, मैले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहेका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहेका थिए । उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग–आईपीएल खेल्दै आएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सबैभन्दा थोरै बलमा अर्धशतक, शतक र एक सय ५० रन बनाउने खेलाडीको विश्व कीर्तिमान राखेका छन् । 

उनी तीनपटक आईसिसी ओडीआई प्लेयर अफ दी इयर घोषित भएका थिए । उनलाई आईसिसीले पछिल्लो दशककै सर्वोत्कृष्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीको अवार्ड पनि दिएको थियो।