२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एबी डी भिलियर्सले लिए सबै फर्म्याटको क्रिकेटबाट सन्यास



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर एबी डी भिलियर्सले क्रिकेटका सबै फर्म्याटबाट सन्यासको घोषणा गरेका छन् ।

‘मिस्टर ३६०’ले परिचित डी भिलियर्सले १७ वर्षे करियरको अन्त्य गर्दै शुक्रबार सन्यासको घोषणा गरेका हुन् । 

दक्षिण अफ्रिकी ३७ वर्षीय डी भिलियर्सले टेस्ट क्रिकेटमा एक सय १४ खेल खेल्दै २२ शतक र ४६ अर्धशतकसहित ८ हजार ७ सय ६५ रन बनाएका छन् । 

यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय २८ खेल खेल्दा २५ शतक र ५३ अर्धशतकसहित ९ हजार ५ सय ७७ रन बनाएका छन् भने टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ खेल खेल्दै १० पटक अर्धशतक बनाएका छन् ।

‘यो मेरालागि अविश्वसनीय यात्रा रह्यो, तर, मैले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहेका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहेका थिए । उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग–आईपीएल खेल्दै आएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सबैभन्दा थोरै बलमा अर्धशतक, शतक र एक सय ५० रन बनाउने खेलाडीको विश्व कीर्तिमान राखेका छन् । 

उनी तीनपटक आईसिसी ओडीआई प्लेयर अफ दी इयर घोषित भएका थिए । उनलाई आईसिसीले पछिल्लो दशककै सर्वोत्कृष्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीको अवार्ड पनि दिएको थियो।