२५ असार २०८३, बिहीबार
,
Latest
सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ? साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

७० दिनमा सकियो ‘प्रेमगन्ज’ को छायांकन, दुईकरोड माथी लगानी



अ+ अ-

काठमाडौँ । निर्देशक परिच्छेद सेनको चलचित्र 'प्रेमगन्ज'को सम्पुर्ण छायांकन समाप्त भएको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको हो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो ।

देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात चलचित्रमा  दुई करोड लगानी भयो । यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो ।

छायांकनमा मात्रै दुईकरोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक ज्ञ।ट मिनेटका दरले छायांकन भएको थियो । चलचित्रको काभ्रेको देउराली , सोलुखुम्बुको पत्ताले  , काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।

बेनिसा हमाल ,तेज गिरि र सम्पदा बानियाँको मुख्य भुमिका रहेको चलचित्र मार्फत राईडर प्रसान्त , सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन । चलचित्रको छिटै नै प्रदर्शन मिति घोषणा हुँदैछ ।