९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ?



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त कुरा गर्नुभएको हो ।

प्रधानमन्त्री बालेन्द्र साहदेखि सत्तारुढ दलका कुनैपनि व्यक्तिलाई सरकारले सुशासनको मामिलामा छुट दिएको भन्दै सांसद हमालको आक्रोश थियो । उहाँले वर्तमान सरकारले जवाफदेहिता र पारदर्शिता विपक्ष दलहरुसँग मात्रै खोजेर प्रतिसोधको राजनीति गरिरहेको जिकिर पनि गर्नुभयो । सांसद हमालले विपक्षलाई विना कारण पहिला थुन्ने अनि हेर्ने काम मात्रै सरकारले गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारका कतिपय गतिविधि प्रतिशोधपूर्ण हुन कि भन्ने भान हुनेगरी काम गरिराखेको छ । आतंकित तुल्याउने गरी काम गरिराखेको छ । हिजो कुरा उठेको थियो । पहिला थुन्ने अनि सुन्ने । मलाई त्यस्तो लाग्दैन । पहिला थुन्ने अनि जे पर्छ हेर्ने । त्यो नियतिमा सरकार गईरहेको छ । त्यसैले सुशासनको विषयमा गम्भिर प्रश्न उठेको छ । सुशासन सत्ता पक्षलाई लाग्दैन ? सरकार प्रमुखदेखि, सरकारमा रहेकादेखि, यो संसदमा रहेकाहरु पारदर्शी हुनुपर्दैन, जवाफदेही हुनु पर्दैन ? जवाफदेहिता अरुलाई मात्रै थोपर्ने हो ?’

सांसद हमालले सरकारको कसैको इसारमा चलिरहेको भान भईरहेको पनि बताउनु भयो ।