१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै

संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन बाध्य भयौँः नेकपा

संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन बाध्य भयौँः नेकपा
अ अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयार पारिएको कार्यदलबाट आफनो पार्टी अलग हुनु परेको स्पष्ट पार्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त स्पष्टिकरण दिनुभएको हो । सांसद हमालले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका आधारभुत कुराहरुमा प्रश्न उठाउने गरी आफ्नो पार्टीले संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राख्नु भयो । उहाँले संविधानको पूर्ण पालना गर्ने सपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनु भयो ।

सांसद हमालले भन्नुभयो,‘संविधानलाई मान्छौ भनेर प्रतिज्ञा खाएर, शपथ खाएर बहाली भएको सरकार हो । यसका कुनैपनि आधारभूत कुराहरुमाथि प्रश्न उठान पाईदैन । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समतामूलक सहभागिता र त्यसमा हामीले राखेका कैयन मौलिक अधिकारका विषयहरु त्यति मात्रै होइन, हाम्रो मुलुक, देश, हाम्रो देशको अर्थतन्त्र समाजवाद उन्मुख हुनेछ भनेर संविधानमा लेखिएको छ । हामीले यी विषयहरुमा प्रश्न उठाउने गरी संशोधनको खाका तयार गर्न सक्दछौँ ? यसको प्रक्रिया के हो, शुरु देखिनै यसकोबारे प्रश्न उठाएका छौ । हुनुपर्दछ । राष्ट्रिय सहमतीबेगर संविधान संशोधनको प्रक्रिया अघि बढ्नसक्छ ? त्यसैले गर्दा अहिले संविधान संशोधन सम्बन्धि त्यो डकुमेन्ट लेख्नका लागि तयार गरिएको कार्य दलबाट मेरो पार्टी त्यसमा अलग हुने म सादर अनुरोध गर्न चाहन्छु । अब हामी त्यो प्रक्रिया जुन अपारदर्शी छ, त्रुटीपूर्ण छ । जसले संविधानको मर्ममाथि प्रश्न उठाउन खोज्छ, त्यो प्रक्रियामा हामी संलग्न हुँदैनौ । यसको मतलव हामी संशोधनसँग सरोकार नै राख्दैनौ भन्ने होइन ।’

सांसद हमालले संविधान संशोधन राष्ट्रिय सहमतीको आधारमा मात्रै अघि बढन सक्ने धारणा समेत राख्नुभयो ।