२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय ‘ई–कमर्श’ सेवाको आवश्यकता



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धनबाट नै देशमा आर्थिक समृद्धि सम्भव रहेकाले देशका विविध सेवा तथा व्यवसायलाई ‘डिजिटलाइज’ गर्नुपर्ने बताउनुभयो । उहाँले अबको युग सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दोरुपमा प्रविधिमैत्री बनाउन सुझाव दिनुभयो ।

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड–१९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उहाँले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई सूचना प्रविधिमा लैजान सकिने सम्भावनाको खाजी गरी त्यसतर्फ लैजान आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो, तर महामारीको समयमा यो हाम्रो जीविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्वीकार पनि गर्‍यौँ, अब यसलाई थप संस्थागत गर्नुपर्छ ।” 

उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र यसलाई आगामी दिनमा प्रमुखताका साथ अघि बढाउने बताउनुभयो । रासस