२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय ‘ई–कमर्श’ सेवाको आवश्यकता



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धनबाट नै देशमा आर्थिक समृद्धि सम्भव रहेकाले देशका विविध सेवा तथा व्यवसायलाई ‘डिजिटलाइज’ गर्नुपर्ने बताउनुभयो । उहाँले अबको युग सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दोरुपमा प्रविधिमैत्री बनाउन सुझाव दिनुभयो ।

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड–१९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै उहाँले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई सूचना प्रविधिमा लैजान सकिने सम्भावनाको खाजी गरी त्यसतर्फ लैजान आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो, तर महामारीको समयमा यो हाम्रो जीविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्वीकार पनि गर्‍यौँ, अब यसलाई थप संस्थागत गर्नुपर्छ ।” 

उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र यसलाई आगामी दिनमा प्रमुखताका साथ अघि बढाउने बताउनुभयो । रासस