काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको पहिलो खेल गोलरहित बराबरीमा सकिएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।