१४ असार २०८३, आईतवार
,
Latest
काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस काठमाडौँ अधिवेशन : ६ प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेस काठमाडौँको २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज भएको अधिवेशनमा ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा निर्विरोध नेतृत्व चयन भएको जानकारी दिनुभयो ।

निर्विरोध भएसँगै काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’ मा रामप्रसाद लुईँटेल, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’ मा रमेश डङ्गोल, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ मा ख्यामराज तिवारी, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’ मा नविन मानन्धर, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ मा इन्द्रमानसिंह सुवाल र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराई सभापति बन्नुभएको छ ।

बीस वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन प्रक्रिया अगाडि बढेपनि काठमाडौँ निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ र ‘ख’मा भने भोलिमात्र निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत आचार्यले बताउनुभयो । यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् ।

यस्तै, काठमाडौँमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।