२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपमा कोभिड फेरि फैलियो, अस्ट्रियामा पूर्ण लकडाउन, जर्मनीमा पनि संकट



अ+ अ-

पश्चिम युरोपमा कोरोनाभाइरस संक्रमण फेरि बढ्न थालेको छ । यही कारण अस्ट्रियामा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

युरोपकै अर्को मुलुक जर्मनीमा पनि लकडाउन लगाउने बारेमा विचार विमर्श शुरु भएको छ । केही महिना अघिमात्र लकडाउन हटाएका यी मुलुकको अर्थतन्त्रमा लकडाउनले व्यापक असर पार्ने भन्दै विरोध पनि हुन थालेको छ ।

चौथो चरणको संक्रमण फैलिएसँगै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा राष्ट्रिय आपतकालीन स्थितिमा प्रवेश गरिसकेको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताउनु भएको छ । स्वास्थ्य मन्त्री स्पानले खोपले मात्र संक्रमितको संख्या घटाउन नसक्ने चेतावनी दिनु भएको छ ।

अस्ट्रियाले लकडाउनका अलावा आगामी फेब्रुअरी १ भित्र सबै नागरिकलाई खोप दिइसक्ने बताएको छ । तर संसदको तेस्रो ठूलो अति दक्षिणपन्थी दल फ्रिडम पार्टीले व्यक्तिगत स्वतन्त्रताको कुरा उठाउँदै खोप अनिवार्य नगर्न सरकारलाई भनेको छ ।

पार्टी नेता हर्बर्ट किकेलले फेसबुकमा लेख्नु भएको छः आज अस्ट्रियामा तानाशाही छ ।

यस दलले शनिबार सरकारको लकडाउनको विरोधमा विरोध प्रदर्शन गर्ने बताएको छ तर किकेल आफैं भने कोभिड संक्रमित भएकाले यस कार्यक्रममा सहभागी नहुने जनाउनु भएको छ ।

अस्ट्रियामा खोपका लागि योग्य दुई तिहाईले खोप लगाइसकेका छन् । तर पश्चिम युरोपमा यो सबैभन्दा न्यून दर हो । युरोपेली मुलुकमध्ये अस्ट्रियामा सबैभन्दा बढी संक्रमण देखिएको छ । पछिल्लो एक सातामा प्रति एक लाख व्यक्तिमा ९९१ जना संक्रमित भएका छन् ।