१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्याण्ड भारतसँग फेरि पराजित, टी-ट्वान्टी शृंखला भारतलाई



अ+ अ-

न्यूजील्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला भारतले जितेको छ ।

लगातार दुई खेलमा न्यूजील्याण्डलाई हराएको भारतले शृंखला नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति भएको दोस्रो टी-ट्वान्टीमा न्यूजील्याण्डलाई ७ विकेटले सहजै हराउँदै भारतले एक खेल अगाबै शृंखलामा कब्जा जमाएको हो ।

न्यूजील्याण्डले दिएको १५४ रनको झिनो लक्ष्य भारतले १७.२ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा केएल राहुल र कप्तान रोहित शर्मा नायक रहे । राहुलले ६५ तथा शर्माले ५५ रनको योगदान गरे ।

यस्तै  वेन्कटेस आयरले अविजित १२ रन बनाए भने रिषभ पन्तले अविजित १२ रन बनाए । सूर्यकुमार यादव १ रनमा आउट भए । न्यूजील्याण्डका तिब्र गतिका बलर  टिम साउदीले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन मात्र बनाएको थियो ।

न्यूजील्याण्डको शुरुआती ब्याटिङ निकै राम्रो भए पनि मध्यक्रममा खस्केको थियो । ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गप्टिल र ड्यारिल मिचेलले समान ३१-३१ रन जोडे । मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए ।

भारतका हर्सल पटेलले दुई विकेट लिए ।  भुवनेश्वर कुमार, रविचन्द्र अश्विन, दिपक चहर र अक्षर पटेलले १-१ विकेट लिए ।

जितसँगै तीन खेलको शृंखलामा भारतले २-० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । एजेन्सी