२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्याण्ड भारतसँग फेरि पराजित, टी-ट्वान्टी शृंखला भारतलाई



अ+ अ-

न्यूजील्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला भारतले जितेको छ ।

लगातार दुई खेलमा न्यूजील्याण्डलाई हराएको भारतले शृंखला नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति भएको दोस्रो टी-ट्वान्टीमा न्यूजील्याण्डलाई ७ विकेटले सहजै हराउँदै भारतले एक खेल अगाबै शृंखलामा कब्जा जमाएको हो ।

न्यूजील्याण्डले दिएको १५४ रनको झिनो लक्ष्य भारतले १७.२ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा केएल राहुल र कप्तान रोहित शर्मा नायक रहे । राहुलले ६५ तथा शर्माले ५५ रनको योगदान गरे ।

यस्तै  वेन्कटेस आयरले अविजित १२ रन बनाए भने रिषभ पन्तले अविजित १२ रन बनाए । सूर्यकुमार यादव १ रनमा आउट भए । न्यूजील्याण्डका तिब्र गतिका बलर  टिम साउदीले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन मात्र बनाएको थियो ।

न्यूजील्याण्डको शुरुआती ब्याटिङ निकै राम्रो भए पनि मध्यक्रममा खस्केको थियो । ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गप्टिल र ड्यारिल मिचेलले समान ३१-३१ रन जोडे । मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए ।

भारतका हर्सल पटेलले दुई विकेट लिए ।  भुवनेश्वर कुमार, रविचन्द्र अश्विन, दिपक चहर र अक्षर पटेलले १-१ विकेट लिए ।

जितसँगै तीन खेलको शृंखलामा भारतले २-० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । एजेन्सी