२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य



अ+ अ-

एजेन्सी । जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गर्नुभएको छ । 

जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उहाँले अनसान अन्त्य गर्नु भएको हो ।

अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि निजि चिकित्सकको सल्लाहमा उहाँले हालका लागि अनसन अन्त्य गर्नु भएको जनाइएको छ । 

कारागारमा अनसानका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ । 

आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेर जेलमा राखिएको भन्दै उहाँले आफुलाई तत्काल रिहा गर्न माग गर्दै कारागारमै अनसान बस्नु भएको थियो ।

अनसन गरिरहेका बेला ५३ वर्षीय नेता साकाश्भीली गत बिहीबार बेहोस हुनुभएको थियो । चिकित्सकले उहाँलाई तत्काल अस्पताल लैजान सुझाव दिएका थिए ।

उहाँलाई नियमित स्वास्थ्य परीक्षण गर्नेगरी चिकित्सकको निगरानीमा राख्नु पर्ने र त्यसो गर्न नसकेमा उहाँको जीवन नै खतरामा रहेको चेतावनी चिकित्सकले दिएका थिए ।

चिकित्सकको सुझाव र सिफारिसका आधारमा न्याय मन्त्री राती ब्रेगाड्जले शुक्रबार उहाँलाई अस्पताल लैजान अनुमति दिनुभएको थियो । 

“उहाँको स्वास्थ्य र सुरक्षाका लागि राज्य सधैँ तत्पर छ,” मन्त्री ब्रेगाड्जले भन्नुभयो । उहाँले विपक्षी नेता साकाश्भीलीको स्वास्थ्य र सुरक्षाका लागि सबै उपाय अपनाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नु भएको थियो । 

विपक्षी नेता साकाश्भीलीले अनसन तोडेपनि आफ्नो आन्दोलन र माग भने यथावत रहेको स्पष्ट पार्नु भएको छ ।

“मैले पूर्वाग्रहपूर्ण तरिकाले मलाइ कारागार राखिएको विषयलाई स्वभाविक मानेको छैन, म यसलाई अवैध र अवैधानिक नै मान्छु, म स्विकार गर्दिन,” उहाँले भन्नु भएको छ । 

आफुलाई गरिएको अन्यायका विरुद्धमा आफू बाँचुन्जेल लडिरहने र प्रतिवाद गरिरहने अठोट पनि उहाँले व्यक्त गर्नु भएको छ ।
 
सन् २०१८ मा उहाँलाई वर्षे जेल सजाय तोकिएको हो । पदमा रहँदा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोपमा उहाँलाई कारागार चलान गरिएको थियो । 

त्यस आरोपलाई उहाँले भने अस्विकार गर्दै आउनु भएको छ । अहिलेको सत्ताधारीले आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा दोषी देखाएर कारागारमा राख्न लगाएको उहाँको दावी छ । 

स्वास्थ्य अवस्था अति जटिल हुँदासमेत उहाँले आफ्नो अडान र दावीलाई दृढताका साथ कायमै राख्नु भएको छ । 

चिकित्सकले उहाँको अवस्था अहिले पनि खतरापूर्ण रहेको जानकारी दिएका छन् । तर सुधार भने हुन थालेको उनीहरुले बताएका छन् ।