१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य



अ+ अ-

एजेन्सी । जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गर्नुभएको छ । 

जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उहाँले अनसान अन्त्य गर्नु भएको हो ।

अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि निजि चिकित्सकको सल्लाहमा उहाँले हालका लागि अनसन अन्त्य गर्नु भएको जनाइएको छ । 

कारागारमा अनसानका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ । 

आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेर जेलमा राखिएको भन्दै उहाँले आफुलाई तत्काल रिहा गर्न माग गर्दै कारागारमै अनसान बस्नु भएको थियो ।

अनसन गरिरहेका बेला ५३ वर्षीय नेता साकाश्भीली गत बिहीबार बेहोस हुनुभएको थियो । चिकित्सकले उहाँलाई तत्काल अस्पताल लैजान सुझाव दिएका थिए ।

उहाँलाई नियमित स्वास्थ्य परीक्षण गर्नेगरी चिकित्सकको निगरानीमा राख्नु पर्ने र त्यसो गर्न नसकेमा उहाँको जीवन नै खतरामा रहेको चेतावनी चिकित्सकले दिएका थिए ।

चिकित्सकको सुझाव र सिफारिसका आधारमा न्याय मन्त्री राती ब्रेगाड्जले शुक्रबार उहाँलाई अस्पताल लैजान अनुमति दिनुभएको थियो । 

“उहाँको स्वास्थ्य र सुरक्षाका लागि राज्य सधैँ तत्पर छ,” मन्त्री ब्रेगाड्जले भन्नुभयो । उहाँले विपक्षी नेता साकाश्भीलीको स्वास्थ्य र सुरक्षाका लागि सबै उपाय अपनाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नु भएको थियो । 

विपक्षी नेता साकाश्भीलीले अनसन तोडेपनि आफ्नो आन्दोलन र माग भने यथावत रहेको स्पष्ट पार्नु भएको छ ।

“मैले पूर्वाग्रहपूर्ण तरिकाले मलाइ कारागार राखिएको विषयलाई स्वभाविक मानेको छैन, म यसलाई अवैध र अवैधानिक नै मान्छु, म स्विकार गर्दिन,” उहाँले भन्नु भएको छ । 

आफुलाई गरिएको अन्यायका विरुद्धमा आफू बाँचुन्जेल लडिरहने र प्रतिवाद गरिरहने अठोट पनि उहाँले व्यक्त गर्नु भएको छ ।
 
सन् २०१८ मा उहाँलाई वर्षे जेल सजाय तोकिएको हो । पदमा रहँदा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोपमा उहाँलाई कारागार चलान गरिएको थियो । 

त्यस आरोपलाई उहाँले भने अस्विकार गर्दै आउनु भएको छ । अहिलेको सत्ताधारीले आफुलाई राजनीतिक पूर्वाग्रहका आधारमा दोषी देखाएर कारागारमा राख्न लगाएको उहाँको दावी छ । 

स्वास्थ्य अवस्था अति जटिल हुँदासमेत उहाँले आफ्नो अडान र दावीलाई दृढताका साथ कायमै राख्नु भएको छ । 

चिकित्सकले उहाँको अवस्था अहिले पनि खतरापूर्ण रहेको जानकारी दिएका छन् । तर सुधार भने हुन थालेको उनीहरुले बताएका छन् ।