१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसममा क्रमिक सुधार



अ+ अ-

काठमाडौं । अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले विगत तीनदिनदेखि बिग्रिएको नेपालको मौसममा आजदेखि क्रमिकरुपमा सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यद्यपि उक्त मौसमी प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राजधानी काठमाडौँसहित देशका अधिकांश स्थानमा लगातारको बदली हटेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले विगतका दिनभन्दा केही न्यानो महशुस गरिएको छ । आज काठमाडौँको अधिकतम तापक्रम तापक्रम १९ दशमलव ५ र न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्रि सेल्सियस रहेको छ । यही मङ्सिर २ गतेदेखि देशका अधिकांश स्थानमा बदली र उच्च हिमाली भेगमा हल्का हिमपात भएको थियो । 

महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भूभाग आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रही बाँकी प्रदेशका भू–भाग आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

भोली आइतबार पनि देशका पहाडी भु–भागमा सामान्य बदली रही काँकी भू–भागहरुमा आंशिक बदली रहनेछ । बागमती, गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।