१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको पातारासीमा जीप दुर्घटना, नौ घाइते



अ+ अ-

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडक खण्डमा आज ३ बजेतिर गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सो गाउँपालिकाको डिल्लीचौर लासीबाट सदरमुकाम खलङ्गा बजार आउँदै गरेको जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताउनुभयो । 

घाइते आठजनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रतिष्ठानका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको  छ । घाइते सबैको प्रतिष्ठानको आकस्मिक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।