१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही सत्तारुढ दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै सक्दैनन्ः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाउनु भएको छ । 

अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गर्नु भयो । नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई काँग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताउनु भयो । 

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वँच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नु भयो । उहाँले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव अरु फाँचफुच्चेहरु चाँहीसँगै जान्छौं भन्छन । अनि काँग्रेसको औंला नसमाति त हिँडनै सक्दैनन् त,  कसरी जाँदैनन् ? गईहाल्छन नि सँगसँगै । आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाई दिनेहरु, काँग्रेसको औंला समातेर हिँडन पल्केकाहरु, त्यो हिँडन खोज्छन नै । तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैशाखी टेकेर होईन, आफै चुनाव लडन सक्षम छ । 

आफैं चुनाव लड्छ, आफंै जित्छ । नेपाली जनताले देखेका छन–नेकपा एमाले बल्ल सुद्धिकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर फालिएको । त्यस्तो एमाले बनेको छ । त्रिशुलीमा हामी देख्छौं–कहिलेकहिले फोहोर त्रिशुलीको बीचमा खसेको हुन्छ । झारपातहरु परेको हुन्छ, त्यहाँ । त्यो पानीले, छालले बगाउँदैबगाउँदै किनारामा लान्छ । नेकपा एमालेबाट पनि किनारामा गईसकेको कुडाकर्कटहरु, फोहोरहरुविनाको स्वच्छ एमाले छ । त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढछ । यसले विजय हासिल गर्छ । र यो राष्ट्र निर्माणको काममा अगाढि बढछ । यो जरुरी छ । किन जरुरी छ भने–यो देश यही अवस्थामा राखिरहन सकिदैन । यसलाई अगाढि बढाउनै पर्छ ।’

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराउनु भयो । उहाँले चाडपर्वै पिच्छे फरकफरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताउनु भयो ।