१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही सत्तारुढ दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै सक्दैनन्ः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु काँग्रेसको औंला नसमाती हिँड्नै नसक्ने आरोप लगाउनु भएको छ । 

अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गर्नु भयो । नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको औंला समातेर हिँडन पल्केकाहरुलाई काँग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताउनु भयो । 

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वँच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नु भयो । उहाँले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहो¥याउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव अरु फाँचफुच्चेहरु चाँहीसँगै जान्छौं भन्छन । अनि काँग्रेसको औंला नसमाति त हिँडनै सक्दैनन् त,  कसरी जाँदैनन् ? गईहाल्छन नि सँगसँगै । आफ्नो सरकार ढालेर काँग्रेसको सरकार बनाई दिनेहरु, काँग्रेसको औंला समातेर हिँडन पल्केकाहरु, त्यो हिँडन खोज्छन नै । तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन । तर नेकपा एमाले कसैको बैशाखी टेकेर होईन, आफै चुनाव लडन सक्षम छ । 

आफैं चुनाव लड्छ, आफंै जित्छ । नेपाली जनताले देखेका छन–नेकपा एमाले बल्ल सुद्धिकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर फालिएको । त्यस्तो एमाले बनेको छ । त्रिशुलीमा हामी देख्छौं–कहिलेकहिले फोहोर त्रिशुलीको बीचमा खसेको हुन्छ । झारपातहरु परेको हुन्छ, त्यहाँ । त्यो पानीले, छालले बगाउँदैबगाउँदै किनारामा लान्छ । नेकपा एमालेबाट पनि किनारामा गईसकेको कुडाकर्कटहरु, फोहोरहरुविनाको स्वच्छ एमाले छ । त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढछ । यसले विजय हासिल गर्छ । र यो राष्ट्र निर्माणको काममा अगाढि बढछ । यो जरुरी छ । किन जरुरी छ भने–यो देश यही अवस्थामा राखिरहन सकिदैन । यसलाई अगाढि बढाउनै पर्छ ।’

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरुको पुनर्निर्माणमा आफूहरुले जोड दिएको स्मरण गराउनु भयो । उहाँले चाडपर्वै पिच्छे फरकफरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको बताउनु भयो ।