२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लडेर एक मजदुरको मृत्यु



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शुभेष अधिकारीले जानकारी दिनुभयो । 

माझी गए राति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए । लडेर घाइते भएका माझीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । 

माझी उत्तर दक्षिण कोसी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन् । उनी केही महिनायता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।