२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनमा राजनीतिक दललाई गुहार्दै बार, सबै ईजलास बहिष्कार कि केही मात्र भन्नेमा बिमति



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आन्दोलनमा राजनीतिक दलहरुको साथ खोज्ने भएको छ । बार एशोसिएसनको सनिबार बसेको बैठकले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको संसदीयदलमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

 प्रधानन्यायाधीशको राजीनामाका लागि पटक पटक अल्टिमेटम दिदै आएको नेपाल बारले आगामी शुक्रबार सम्म पनि राजीनामा नआउने अनुमान गर्दे पुन एकसातका लागि आन्दोलनको कार्यक्रम सार्बजनिक गरेको हो । कालोपट्टि सहितको बिराध कार्यक्रमलाई निरन्तरता दिदै बारले दंगा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरी तैनाथ गर्ने र कानुन व्यवसायीमाथि दमन र कुटपिट गरेको विरोधमा बहस बहिस्कार गर्न आग्रह गरिएको छ ।

तर बारको बैठकमा भने प्रधानन्याधीशको राजीनामाको बिषयमा नभै  अदालतमा भएको धरपकड, कुटपिट र दंगा प्रहरी भित्राएको बिरोधमा मात्र बहिष्कार गर्न लागिएको कार्य समितिका एक सदस्यले जानकारी दिनुभयो ।  

यसैगरी सोमबार देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहितको धर्नालाई निरन्तरता दिने, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने बारले निर्णय गरेको छ । यसै गरी बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा आयोजना गर्ने, बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बारले निर्णय गरेको छ ।

बारले मंसिर २४, २५ र २६ गतेलाई तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ । सनिबारको बैठकमा प्रधानन्याधीशले वार्ताका  गर्नुभएको आव्हानका बारेमा पनि छलफल भए पनि कुनै निर्णय भने भएन । बारका केही सल्लाहकारले प्रधानन्याधीशको पद नै रिक्त भएको  दाबी गर्दे को संग वार्ता गर्ने भन्दै प्रश्न गरेका थिए ।

तर केही सदस्यहरुले वार्ता आव्हान भएको अबस्थामा छलफलमा बस्नु पर्ने राय दिएका थिए ।  औपचारिक बैठकले कुनै निर्णय नगरेपछि केही पदाधिकारीले आफुखुसी बहिष्कारको निर्णय भएको प्रतिक्रिया दिएएको एक सदस्यले जानकारी दिए । 

हेर्नुहोस् विज्ञप्ति-