१४ असार २०८३, आईतवार
,
Latest
नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विस्तृत शान्ति सम्झौताको १५ बर्ष , पीडित न्यायको पर्खाइमा



अ+ अ-

काठमाडौं । सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ। २०६३ मसिर ५ गते राज्यपक्षका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला  र माओबादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेपछि एक दशक लामो सशस्त्र युद्धलाई अन्त्य भएको थियो ।

१० बुदाँ रहेको शान्ति सम्झौताका राजनीतिक बिषयहरु कार्यन्वयन भए पनि द्धन्द्धका बेला दुबै पक्ष बाट अन्यायमा परेकाहरुको माग भने पुरा हुन सकेको छैन । शान्ति सम्झौता पछि नेपालको राजनीतिले नयाँ बाटो लिएको थियो ।

जस अनुसार सबिधानसभाको निर्बाचन हुदै मुलुक गणतन्त्र सहितको संघीयतामा प्रबेश गरेको थियो ।  ६० दिन भित्र दुबै पक्षले बेपत्ता पारेका व्यक्तिहरुको बारेमा सार्बजनिक गर्ने भएपनि १५ बर्ष पुरा भै सक्दा यो बिषय दुबै पक्षको प्राथामिताका परेका छैनन ।  तर माओबादी लडाकुहरुको समायोजन संगै केही हतियारहरु भने राज्यको जिम्मामा आएका छन् । 

सरकारले द्वन्द्वको घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय पीडकलाई दण्ड दिने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेको भएपनि दुबै आयोग काम प्रभाबकारी भएको छैन । ढिलो गरी गठन भएको आयोगमा दुई कार्यकालका पदाधिकारीहरुले आफ्नो कार्यकाल पुरा गरिसके तर पीडितका गुनासा माग सम्बोधन  भएका छैनन । 

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६० हजार उजुरीहरु दर्ता भएका छन् भने  बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा १ सय ९७ उजुरी दर्ता भएका थिए ।