१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ का नवनियुक्त मन्त्रीद्वयले लिए सपथ



अ+ अ-

धनुषा । प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले सपथ लिनु भएको छ । 

आईतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बन्न सफल हुनु भएका मन्त्रीद्धय महतो र यादवलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।

सपथ ग्रहणपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री महतोले विनाशको अवस्थामा रहेको चूरे संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँले प्रदेश २ को नामाकरण र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि आफूले जोड दिने बताउनु भयो ।

त्यसैगरि नवनयिुक्त मन्त्री यादवले प्रदेश र संघीयतालाई संस्थागत विकासको लागि कानुन निर्माणको काममा तीव्रता दिने बताउनुभयो । मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई मात्र पदमुक्त गर्नु भएको थियो । एकीकृत समाजवादीलाई उद्योग, पर्यटन, वन तथा वातावरणसहित मुख्यमन्त्री राउतले आफ्नो मातहतमा राखेको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिनु भएको हो ।

मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफ्नै मातहतमा राख्नु भएको थियो । तत्कालीन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई हटाएपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाउनु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सांसदहरु, सुरक्षा निकायका प्रमुखहरुसहितको उपस्थिति रहेको थियो ।