२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ का नवनियुक्त मन्त्रीद्वयले लिए सपथ



अ+ अ-

धनुषा । प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले सपथ लिनु भएको छ । 

आईतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बन्न सफल हुनु भएका मन्त्रीद्धय महतो र यादवलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।

सपथ ग्रहणपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री महतोले विनाशको अवस्थामा रहेको चूरे संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँले प्रदेश २ को नामाकरण र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि आफूले जोड दिने बताउनु भयो ।

त्यसैगरि नवनयिुक्त मन्त्री यादवले प्रदेश र संघीयतालाई संस्थागत विकासको लागि कानुन निर्माणको काममा तीव्रता दिने बताउनुभयो । मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई मात्र पदमुक्त गर्नु भएको थियो । एकीकृत समाजवादीलाई उद्योग, पर्यटन, वन तथा वातावरणसहित मुख्यमन्त्री राउतले आफ्नो मातहतमा राखेको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिनु भएको हो ।

मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफ्नै मातहतमा राख्नु भएको थियो । तत्कालीन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई हटाएपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाउनु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सांसदहरु, सुरक्षा निकायका प्रमुखहरुसहितको उपस्थिति रहेको थियो ।