४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नेप्से परिसूचक ११.६० अंकले गिरावट

नेप्से परिसूचक ११.६० अंकले गिरावट
अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ ।

कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको छ । नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको छ। गत साताको अन्तिम कारोबारको दिन बिहिबार ३२.३९ अंकले गिरावट आएर २ हजार ७६९.१३ अंकमा सिमित भएको थियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.७५ प्रतिशत घटेर ५१८.२५ अंक भएको छ। त्यस्तै फ्लोट इण्डेक्स ०.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले घटेका छ ।  

आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।  जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से १३ उपसमूह मध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएको छ। जसमा बैंकिङ समूहको ५.१ अंक, विकास बैंक ६.८९, वित्त कम्पनी १९.२३ , निर्जीबन बीमा ६४.१६ , माइक्रोफाइनान्स १७.४३, जीवन बीमा समूहको उपसूचक १४०.५ अंकले घटेको छ । तर, जलविद्युत १३.२१ ,उत्पादन तथा प्रशोधन ९६.१४ अंकले बढेको छ । 

आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै,नारायणी विकास बैंक,कपोरेट विकास बैंक,हिमाल दोलखा हाइड्रो पावर ,समृद्धि फाइनान्सको शेयर मुल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, प्रिमियम इन्स्योरेन्स,आइसीएफसी फाइनान्स र नेशलन माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।