१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पार्टीको प्रतिनिधि र सदस्य बने महासंघको कारबाहीमा पर्ने



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरू पार्टीका प्रतिनिधि र सदस्य बनेको पाइएमा कारबाही गर्ने भएको छ । 

महासंघले विज्ञप्ती जारी गर्दै यदि पत्रकार पार्टी प्रतिनिधि र सदस्य बनेमा उसको सदस्यता नै खारेज गर्न सक्ने चेतावनी समेत दिएको छ।

‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।