२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्वीरमा यो साता : १३-१९ नोभेम्बर २०२१



अ+ अ-

द ड्यूक अफ केम्ब्रिज, राजकुमार विलियम्सले पहिलो विश्वयुद्ध समाप्त भएको १०३ वर्ष पुगेको अवसरमा आयोजित द रिमेम्बरेन्स सन्डे समारोहमा मार्च पास गरिरहेका पूर्व सैनिकहरूलाई सलामी ठोक्दै लन्डनमा।

बेलारुस र पोल्यान्डबीचको ब्रुजगी कन्जनिका सीमा नाका नजिकै आप्रवासीहरू आगो ताप्दै। उक्त क्षेत्रमा खाली गरिएको शिविर ईयू जाने आशमा रहेका २००० मानिसहरूको अस्थायी घर बनेको छ।

एबोट्सफोर्ड ब्रिटिश कोलम्बिया, क्यानडामा हालै भएको अति वृष्टिले बाढी आएपछि समस्यामा परेका गाईहरूको उद्धार गरिँदै। बाढीका कारण राजमार्गहरू बन्द भएका थिए, पहिरो गएको र बाढी आएको थियो।

सिनानगोमा वाओरानीमा महिलाहरू एक्वेडरको संबैधानिक अदालतका न्यायाधीशको सुनुवाइ पर्खिँदै। आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रमा भएका खानी आयोजनाहरूको विरोध गर्ने आफ्नो अधिकारको बचाउ गर्न उनीहरू एमजनको केन्द्रभागबाट आएका हुन्।

द रिमेम्बरेन्स सन्डेका दिन एउटा ट्याक्सीमा बम विस्फोट भएपछि लिभरपुलस्थित महिला अस्पताल अगाडि प्रहरी अधिकारीहरू अनुसन्धान गर्दै। कारमा घरेलु बम विस्फोट हुँदा ३२ वर्षीय एमाद अल स्वेलमीन मारिएका थिए।

भारतको कोलकाता शहरमा नगरपालिकाका कर्मचारीहरू झुपडबस्तीमा लामखुट्टेले सर्ने रोगबाट बचाउन धुवाँबाट बस्तीका लामखुट्टे नाश गर्ने प्रयत्न गर्दै।

एउटा जिज्ञाशु लीमर (एक प्रकारको बाँदर प्रजाति) चीनको पूर्वी श्यानडोङ प्रान्तमा रहेको क्वीङडाओ फरेस्ट वाइल्डलाइफ वर्ल्डमा तस्बिर खिचिरहेका एक व्यक्तिको क्यामेराको लेन्सबाट हेर्दैछ।

इन्डोनेशियाको जरानी गाउँमा बाढीले क्षति पुर्‍याएको पुलबाट हिँड्दै एक विद्यार्थी

तुवाँलो लागेको नोभेम्बर महिनाको एक बिहान दिल्ली भारतमा यमुना नदीमा डुङ्गाबाट सीगल चराहरूलाई खाना खुवाउँदै मानिसहरू

(बीबीसी)