१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः मनाङको विजयी सुरुवात



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक  ुएु डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले जावलाखेल युथ क्लबलाई १(० गोल अन्तरले पराजित गरेको हो । 

मनाङको जितमा दिनेश राजवंशीले गरेको गोल निर्णायक गोल हुन पुग्यो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दिनेशले खेलको ५६ औं मिनेटमा गोल गरे । 

मनाङका गोलकर्ता दिनेश म्यान अफ दि म्याच घोषित भए ।