१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा अस्पताललाई आइसियु एम्बुलेन्स हस्तान्तरण



अ+ अ-

हेटौँडा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गर्नुभएको हो । 
    
सो अवसरमा उहाँले सबै नेपालीलाई खोपको सहज पहुँचका लागि अब चौबिसै घण्टा खोप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

अस्पतालका प्रमुख डा सापकोटाले हस्तान्तरण गरिएको यो एम्बुलेन्समा आइसियु र भेन्टिलेटरसहितको सुविधा रहेकाले जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्दा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।     

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामी, वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेल, अस्पतालका डा हरि खड्का लगायतको सहभागिता थियो ।