६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा अस्पताललाई आइसियु एम्बुलेन्स हस्तान्तरण



अ+ अ-

हेटौँडा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ ।

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गर्नुभएको हो । 
    
सो अवसरमा उहाँले सबै नेपालीलाई खोपको सहज पहुँचका लागि अब चौबिसै घण्टा खोप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

अस्पतालका प्रमुख डा सापकोटाले हस्तान्तरण गरिएको यो एम्बुलेन्समा आइसियु र भेन्टिलेटरसहितको सुविधा रहेकाले जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्दा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।     

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामी, वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेल, अस्पतालका डा हरि खड्का लगायतको सहभागिता थियो ।