१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’

यी ५ खतरनाक हतियार देखेर अमेरिका पनि रुससँग डराउँछ !

यी ५ खतरनाक हतियार देखेर अमेरिका पनि रुससँग डराउँछ !
अ अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीच जारी युद्धले खतरनाक मोड लिएको छ । रुसी आक्रमणका कारण युक्रेनले ठूलो क्षति बेहोर्नु परेको छ । युक्रेनलाई सहयोग गर्ने पश्चिमी देशहरू रुसविरुद्ध सेना परिचालन गर्न इच्छुक छैनन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि धेरै प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि देशले हस्तक्षेप गर्ने र रसियाको लागि खतरा पैदा गर्ने प्रयास गरे रुसले तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । रुससँग यस्तो विनाशकारी हतियार छ जसबाट नेटो र अमेरिका पनि डराउँछन् । यसै सन्दर्भमा ५ हतियारबारे चर्चा गरौं । 

१. जार बम संसारको सबैभन्दा ठूलो परमाणु बम हो। यो विस्फोट हुनेबित्तिकै लाखौं मानिसको मृत्यु हुन सक्छ। यसका साथै यसबाट मानिसहरु छाला र श्वासप्रश्वासको रोगको सिकार हुने भएकाले यो निकै खतरनाक मानिन्छ । 

२. रुसको किञ्जल हाइपरसोनिक मिसाइल निकै खतरनाक मानिन्छ । यो हाइपरसोनिक परमाणु मिसाइल रुसको मिग ३१ लडाकु विमानमा जडान गरिएको छ ।

३. रुससँग 2S7 Pion तोप छ, यसले छोटो दूरीको आणविक आक्रमण गर्न सक्छ। यस तोपबाट २०३ एमएमको एटम बम आक्रमण गर्न सकिन्छ ।

४. रसियासँग बेल्गोरोड आणविक पनडुब्बी छ, जसलाई विश्वको सबैभन्दा ठूलो पनडुब्बी भनिन्छ। पोसाइडन टारपीडोसँग सुसज्जित, यो पनडुब्बी रेडियोधर्मी सुनामी उत्पन्न गर्न सक्छ ।

५. यी बाहेक रुससँग टी–१४ अर्माटा ट्याङ्की छ जुन निकै खतरनाक मानिन्छ । यो रिमोट कन्ट्रोलद्वारा संचालित छ। यो ट्याङ्कीले चालक दलका सदस्यहरू बिना नै आफ्नो लक्ष्यमा सटीक प्रहार गर्न सक्छ । यसले एक मिनेटमा १० देखि १२ राउण्ड फायर गर्न सक्छ ।

यसैबीच, युक्रेनमा रुसले सैन्य हमला गरेपछि यहाँका नागरिकहरु भागेर विदेशिएका छन् । त्यस क्रममा २० हजार जना भन्दा बढी युक्रेनी नागरिक भागेर टर्की पुगेका बताइएको छ । 

टर्कीका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार सम्ममा युक्रेनबाट भागेर २० हजार ५५० जना नागरिक टर्की पुगेका छन् । 
 
रुसले युक्रेनमाथि गएको फेब्रुअरी २४ मा सैन्य हमला गरेको थियो । त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो । 

त्यसै क्रममा गएको फेब्रुअरी २४ देखि आइतबारसम्ममा २० हजार ५५० जना युक्रेनी नागरिक टर्की पुगेका बताइएको छ ।