१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनका लागि आर्थिक समिति विस्तार



अ+ अ-

नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य मनोनयन गर्नुभएको हो ।

आर्थिक समितिको सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी र पाल्देन गुरुङलाई मनोनयन गरिएको छ । सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई मनोनयन गरिएको छ ।

समितिले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्चको हिसाबकिताब गरेर आवश्यक पर्ने खर्च जुटाउने काम गर्ने समितिका सदस्य दीपक खड्काले राससलाई जानकारी दिनुभयो । पार्टीको गत कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले मन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकको जिम्मेवारी सुम्पेको थियो ।