६ श्रावण २०८३, बुधबार
,
Latest
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनका लागि आर्थिक समिति विस्तार



अ+ अ-

नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १० सदस्य मनोनयन गर्नुभएको हो ।

आर्थिक समितिको सल्लाहकारमा विनोद चौधरी, दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी र पाल्देन गुरुङलाई मनोनयन गरिएको छ । सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, जीपछिरिङ लामा, मोहन आचार्य, इन्द्र बानियाँ, अनिल रुङ्गटा, महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई र दयाराम पाण्डेलाई मनोनयन गरिएको छ ।

समितिले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने खर्चको हिसाबकिताब गरेर आवश्यक पर्ने खर्च जुटाउने काम गर्ने समितिका सदस्य दीपक खड्काले राससलाई जानकारी दिनुभयो । पार्टीको गत कात्तिक २८ गते बसेको केन्द्रीय समितिको बैठकले मन्त्री कार्कीलाई महाधिवेशन आर्थिक समितिको संयोजकको जिम्मेवारी सुम्पेको थियो ।