१५ आश्विन २०८१, मंगलवार
,
Latest
हेटौंडा–काठमाडौं यात्रामा सास्ती विपद् पीडितलाई एमाले सांसदहरुले आधा महिनाको पारिश्रमिक दिने विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढी भयो: प्रचण्ड अलपत्र यात्रुहरुलाई तत्कालउद्धार गरी गन्तव्यमा पुर्‍याउन संसदीय समितिको निर्देशन दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या एक्शनै एक्शनले भरिएको ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक (भिडियोसहित) अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १८ पुग्यो हवाई जहाजको भाडा नियन्त्रण गर्न अखिलको माग प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन आज, अधिकांश महाधिवेशन प्रतिनिधि चयन हुँदै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि सोमबार नै जिल्ला अधिवेशन हुने कांग्रेसले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई निकै महत्वका साथ लिइन्छ । महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापतिसहित कार्यसमिति चयन गर्ने विधानको व्यवस्था छ ।

एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । कांग्रेसभित्र नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा बढि महाधिवेशन प्रतिनिधि ल्याउने होडबाजी चलिरहेको छ । हिमाली क्षेत्रका करिव १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ ।

कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६-१७ गते हुँदैछ भने कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुुने महाधिवेशन कार्यतालिमा रहेको छ ।