१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनबाट कांग्रेसलाई जनताले भरोषा र विश्वास गर्ने पार्टी बनाउनु छः गगन थापा (पत्रसहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आसन्न महाधिवेशनबाट कांग्रेसलाई आम जनताले भरोषा र विश्वास गर्ने पार्टी बनाउनुपर्ने बताएका छन् । 

कांग्रेसको चौधौं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले सोमबार एक अपिल जारी गर्दै सो कुरा बताएका हुन् । 

यस्तै थापाले क्षेत्रीय प्रतिनिधि पार्टीको आधारभूत तहको निर्णायक शक्ति भएको समेत बताएका छन् । 

प्रतिनिधिको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय हुने उनले उल्लेख गरेका छन् । 

‘तपाईले आज छनोट गरेर पठाउने महाधिवेशन प्रतिनिधिले नै मंसिर २४ गते देखि हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व छनोट गर्नेछ। आज सहि निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सही गति लिनेछ। पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईहरूबाट हुदैछ। तपाईको निर्णय पार्टीको सर्वोत्तम हित र नवनिर्माणको लागि हुनेछ भन्ने कुरामा विश्वस्त छु।’ विज्ञप्तिमा भनिएको छ ।