२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनबाट कांग्रेसलाई जनताले भरोषा र विश्वास गर्ने पार्टी बनाउनु छः गगन थापा (पत्रसहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आसन्न महाधिवेशनबाट कांग्रेसलाई आम जनताले भरोषा र विश्वास गर्ने पार्टी बनाउनुपर्ने बताएका छन् । 

कांग्रेसको चौधौं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले सोमबार एक अपिल जारी गर्दै सो कुरा बताएका हुन् । 

यस्तै थापाले क्षेत्रीय प्रतिनिधि पार्टीको आधारभूत तहको निर्णायक शक्ति भएको समेत बताएका छन् । 

प्रतिनिधिको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय हुने उनले उल्लेख गरेका छन् । 

‘तपाईले आज छनोट गरेर पठाउने महाधिवेशन प्रतिनिधिले नै मंसिर २४ गते देखि हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व छनोट गर्नेछ। आज सहि निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सही गति लिनेछ। पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईहरूबाट हुदैछ। तपाईको निर्णय पार्टीको सर्वोत्तम हित र नवनिर्माणको लागि हुनेछ भन्ने कुरामा विश्वस्त छु।’ विज्ञप्तिमा भनिएको छ ।