• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo

पाँच करोडको सेतो हेरोइनसहित विदेशी पक्राउ



काठमाडौं, २५ भदौ: नेपाललाई ट्रान्जिट बनाएर विदेश लैजान लागिएको पाँच केजीभन्दा धेरै सेतो हेरोइनसहित विदेशी नागरिकहरू पक्राउ परेका छन् । सर्वाधिक महँगो लागुऔषध मानिने सेतो हेरोइनसहित प्रहरीले राजधानीबाट चारजना विदेशीलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले केही दिनअघि पाँच किलो ६६ ग्राम हेरोइनसहित विदेशीहरूलाई पक्राउ गरेको हो । यसलाई प्रहरीले लागुऔषध कारोबारीविरुद्धको महत्त्वपूर्ण सफलता मानेको छ । यसरी एकैचोटि ठूलो परिमाणमा  सेतो हेरोइन बरामद भएको प्रहरी अधिकारी बताउँछन् ।

सेतो हेरोइन किलोको करिब एक करोड रुपैयाँमा बिक्री हुने गरेको छ । अफिमबाट बन्ने हेरोइन नेपालबाट हङकङ, जापान तथा युरोपियन देशहरूमा पुग्ने गर्दछ । बर्मा, अफगानिस्तान र पाकिस्तानबाट नेपालमा खैरो हेरोइन भित्रने गर्दछ । हेरोइन बरामदबारे बुधबार पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरिने एनसिबीका प्रमुख डिआइजी प्रतापसिंह थापाले बताए ।